YouVersion लोगो
खोज आइकन

प्रकाश 22:10-21

प्रकाश 22:10-21 NCV

तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलाऊ, किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। जसले खराबी गर्छ त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठीक छ त्यसले ठीकै गरिरहोस्; र जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।” “हेर, म चाँडै आउँदैछु! मेरो इनाम मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त हुँ। “जीवनको रूखको अधिकार पाउन र शहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनी आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्। मन्त्रतन्त्र गर्ने कुकुरहरू, अनैतिक यौन सम्बन्धहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू शहरको बाहिरपट्टि हुन्छन्। “म येशूले, मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दाविदको मूल र सन्तान, अनि बिहानको चहकिलो तारा हुँ।” आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; र जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्। म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने, परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने, परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र शहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ। यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह परमेश्‍वरका जनहरूसँग रहोस्। आमेन!

प्रकाश 22 पढ्नुहोस्