YouVersion लोगो
खोज आइकन

प्रकाश 21:22-27

प्रकाश 21:22-27 NCV

मैले शहरमा कुनै मन्दिर देखिनँ, किनकि सर्वशक्‍तिमान परमप्रभु परमेश्‍वर अनि थुमा नै त्यसको मन्दिर हुनुहुन्छ। त्यस शहरमा उज्यालो दिनको लागि घाम र जूनको आवश्यकता थिएन, किनकि परमेश्‍वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, अनि थुमा नै त्यसको बत्ती हुनुहुन्छ। त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्‍डुल गर्नेछन्, अनि पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस शहरमा प्रवेश गर्नेछन्। त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन। सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्। त्यसमा कुनै अशुद्ध कुरा पस्‍न पाउनेछैन, न ता शर्मका र छलका काम गर्ने कोही; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाउँ थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।

प्रकाश 21 पढ्नुहोस्