YouVersion लोगो
खोज आइकन

प्रकाश 21:22-27

प्रकाश 21:22-27 NNRV

मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ। त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ। त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌। दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन। तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌। तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।