YouVersion लोगो
खोज आइकन

प्रकाश 21:1-8

प्रकाश 21:1-8 NCV

तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखें,” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन। अनि मैले पवित्र शहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैं सिँगारिएर स्वर्गदेखि परमेश्‍वरबाट तल झरिरहेको देखें। अनि मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनें, “हेर! अब परमेश्‍वरको वास मानिसहरूसित भएको छ, अनि उहाँ तिनीहरूसित बस्‍नुहुनेछ। तिनीहरू उहाँका जातिहरू हुनेछन्, अनि परमेश्‍वर आफै नै तिनीहरूसित तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब उप्रान्त त्यहाँ मृत्यु, शोक, विलाप अथवा कष्‍ट हुनेछैन; किनकि पुराना कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले भन्‍नुभयो, “म सबै थोक नयाँ बनाउँदैछु!” तब उहाँले भन्‍नुभयो, “यी वचनहरू लेख, किनकि यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्।” उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा, आदि र अन्त हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैंमा दिनेछु। जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्। तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, मन्त्रतन्त्र गर्नेहरू, मूर्तिपूजकहरू अनि सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”

प्रकाश 21 पढ्नुहोस्