एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्। उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। तब स्वर्गमा अर्को चिन्ह देखा पर्यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर। त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो। ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो। तब ती स्त्री परमेश्वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्। तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे। तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे। त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए। तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।
प्रकाश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 12:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू