YouVersion लोगो
खोज आइकन

प्रकाश 12:1-11

प्रकाश 12:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

स्‍वर्गमा एउटा आश्‍चर्यजनक चिन्‍ह देखियो: सूर्य पहिरेकी एउटी स्‍त्री देखा परी, जसको पाउमुनि चन्‍द्रमा थियो, र त्‍यसले शिरमा बाह्र वटा ताराको मुकुट लाएकी थिई। त्‍यो गर्भवती थिई, र जन्‍माउने अवस्‍थाको पीडामा प्रसववेदनाले चिच्‍याइरहेकी थिई। अनि स्‍वर्गमा अर्को एउटा चिन्‍ह देखियो: सात वटा शिर, दश वटा सीङ र शिरमा सात वटा मुकुट लाएको एउटा ठूलो रातो अजिङ्गर देखा पर्‍यो। त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो। त्‍यस स्‍त्रीले सारा जातिलाई फलामको डन्‍डाले शासन गर्ने एउटा छोरो जन्‍माई। त्‍यसको बालक परमेश्‍वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो। त्‍यो स्‍त्रीचाहिँ उजाड-स्‍थानभित्र भागी, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म त्‍यसको पालनपोषण होस्‌ भनेर परमेश्‍वरले त्‍यसको लागि ठाउँ तयार राख्‍नुभएको थियो। अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे, तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन। त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए। तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ। तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌।

शेयर गर्नुहोस्
प्रकाश 12 पढ्नुहोस्

प्रकाश 12:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एउटा ठूलो र अचम्मको चिन्ह स्वर्गमा देखियो: सूर्य ओढेकी, पाउमुनि चन्द्र भएकी र शिरमाथि बाह्र वटा ताराहरूको मुकुट लगाएकी एउटी स्त्री देखा परिन्। उनी गर्भवती थिइन्, र सुत्केरी व्यथाको पीडाले गर्दा चिच्याइरहेकी थिइन्। तब स्वर्गमा अर्को चिन्ह देखा पर्‍यो: सात शिरहरू, दश सिङहरू भएको र शिरहरूमा सात वटा मुकुटहरू भएको एउटा विशाल रातो अजिङ्गर। त्यसको पुच्छरले आकाशका ताराहरूको तेस्रो भागलाई सोहोरेर पृथ्वीमा फाल्यो; अनि बच्‍चा जन्माउन लागेकी स्त्रीले बालक जन्माउनसाथ त्यसलाई खाइहाल्न भनेर त्यो अजिङ्गर त्यस स्त्रीको सामु उभियो। ती स्त्रीले एउटा छोरालाई जन्म दिइन्, “जसले राष्ट्रहरूलाई फलामको राजदण्डले शासन गर्नेछ।” अनि तुरुन्तै तिनको बालक परमेश्‍वरकहाँ र उहाँको सिंहासन भएको ठाउँमा खोसेर लगियो। तब ती स्त्री परमेश्‍वरले एक हजार दुई सय साठी दिनसम्म तिनको हेरचाहको लागि तयार पारेर राखिदिनुभएको ठाउँ उजाडस्थानतिर भागिन्। तब स्वर्गमा लडाइँ सुरु भयो। स्वर्गदूत माइकल र तिनका दूतहरूले त्यस अजिङ्गरसित लडाइँ गरे, र अजिङ्गर र त्यसका दूतहरूले पनि तिनीहरूसँग लडाइँ गरे। तर त्यो अजिङ्गर त्यति बलियो थिएन; त्यसैले तिनीहरूले स्वर्गका आफ्ना ठाउँहरू हारे। त्यो विशाल अजिङ्गर तल फ्याँकियो। त्यो प्राचीन सर्प, जसलाई दियाबलस वा शैतान पनि भनिन्छ, जसले सारा पृथ्वीलाई बहकाउँछ। त्यो र त्यसका दूतहरू त्योसँगै पृथ्वीमा फ्याँकिए। तब मैले स्वर्गमा यसो भनेको ठूलो आवाज सुनेँ: “अब हाम्रो परमेश्‍वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्‍टको अख्तियार आएका छन्। किनकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई दोष लगाउने, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। तिनीहरूले त्यसलाई थुमाको रगतले र तिनीहरूका साक्षीको वचनले जितेका छन्; तिनीहरूले मृत्युसम्मै पनि आफ्ना जीवनलाई प्रेम गरेनन्।

शेयर गर्नुहोस्
प्रकाश 12 पढ्नुहोस्

प्रकाश 12:1-11 पवित्र बाइबल (NERV)

त्यसपछि स्वर्गमा एक आश्चर्यजनक चिन्ह देखापर्यो। त्यहाँ एक स्त्री थिइन् जसले सूर्य पहिरिहेकी थिइन्। चन्द्रमा उसको पाउ मुनि थियो। उसको शिरमा बाह्रवटा तारा लगाइएको मुकुट थियो। ती स्त्री गर्भवती थिइन्। तिनी पीढाले कराइन् किनभने तिनी बालकलाई जन्म दिने अवस्थामा थिइन्। त्यसपछि स्वर्गमा अर्को संकेत देखा पर्यो। त्यहाँ एक विशाल रातो सर्प थियो। त्यो विशाल सर्पको सातवटा शिर र दशवटा सिंग थियो। त्यसको शिरमा सातवटा मुकुटहरू थियो। त्यो विशाल सर्पको पुच्छरले आकाशको ताराहरूको एक तिहाईं अंश सोहोरेर पृथ्वीमा खसालि दियो। त्यो विशाल सर्प त्यस स्त्रीको सामुन्ने खड़ा थियो जो स्त्री बालक जन्म दिन तयार थिइन्। त्यो सर्प त्यस स्त्रीको बालक जन्मने बितिकै त्यसलाई खान चाहन्थ्यो। त्यो स्त्रीले छोरो एक पुरुष बालकलाई जन्माइन्। उसले फलामको छडीद्वारा सम्पूर्ण राष्ट्रहरूमा शासन गर्नेछ। अनिष्ठ त्यस स्त्रीको छोरोलाई परमेश्वरकहाँ अनि सिंहासनमा लगियो। त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ। त्यसपछि स्वर्गमा एक युद्ध भयो। माइकल अनि तिनका दूतहरू त्यस विशाल सर्पका विरोधमा लडे। त्यो सर्प अनि त्यसका दूतहरू प्रतिकारमा लडे। तर त्यो विशाल सर्प त्यति शक्तिशाली थिएन। त्यो विशाल सर्प अनि त्यसका दूतहरूले स्वर्गमा आफ्ना स्थान गुमाए। त्यो विशाल सर्प त्यसका दूतहरू सहित पृथ्वीमा फालियो। त्यो विशाल सर्प त्यही पुरानो सर्प हो जसलाई शैतान भनिन्छ, त्यसले सम्पूर्ण संसारलाई नै कुमार्गमा डोर्याउँछ। उसका दूतहरू पनि उसँगै पृथ्वी तल फालियो। तब मैले स्वर्गमा ठूलो स्वरमा भनेको सुने “हाम्रा परमेश्वरको विजय, शक्ति, अनि राज्य अनि ख्रीष्टको अधिकार अब आएको छ। किनभने हाम्रो भाइहरूलाई दोषलगाउने फ्याँकिएको छ। उसले हाम्रो भाइहरूलाई परमेश्वरको अघि दिन रात दोष लगाई रहेको थियो। हाम्रा भाइहरूले तिनलाई भेंडा़को पाठाको रगत अनि सत्य प्रचार गरेर परास्त गरेका छन्। तिनीहरूले आफ्ना जीवनलाई त्यति प्रेम गरेनन् यसर्थ तिनीहरू मृत्युसित डराएका थिएनन्।

शेयर गर्नुहोस्
प्रकाश 12 पढ्नुहोस्

प्रकाश 12:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसपछि आकाशमा एउटा अचम्‍मको ठूलो चिन्‍ह देखा पर्‍यो। एउटी स्‍त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए। तिनी गर्भिणी थिइन् अनि सुत्‍केरी बेथा लागेर पीडाले कराउँदैथिइन्। त्‍यसपछि आकाशमा अर्को एउटा अचम्‍मको चिन्‍ह देखा पर्‍यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्‍यसका सात टाउकामा सातवटा मुकुट थिए। त्‍यसको पुच्‍छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्‍याएर पृथ्‍वीमा फ्‍याँकिदियो अनि जन्‍म हुन आँटेको बालकलाई जन्‍मनेबित्तिकै खान सुत्‍केरी हुन लागेकी स्‍त्रीको अगाडि त्‍यो अजिङ्गर उभियो। सबै राज्‍यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्‍त्रीले जन्‍माइन्। तर तिनका छोरालाई उठाएर परमेश्‍वरकहाँ र उहाँकै सिंहासनमा लगियो। अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्‍म तिनलाई पाल्‍न परमेश्‍वरले ठाउँ तयार गर्नुभएको थियो। यसपछि स्‍वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्‍वर्गदूतहरूले त्‍यो अजिङ्गरसित लडाइँ गरे अनि त्‍यस अजिङ्गर र त्‍यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे। अजिङ्गर र त्‍यसका दूतहरूले हारे र स्‍वर्गमा यिनीहरूलाई बस्‍न दिएनन्। यसरी त्‍यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्‍टात्‍मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्‍यसैलाई यसका दूतहरूसित स्‍वर्गबाट पृथ्‍वीमा फ्‍याँकिएको थियो। तब मैले स्‍वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुन्‍छ र उहाँले आफ्‍नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्‍टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्‍वरको अगाडि दोष लगाउने शैतान स्‍वर्गबाट फालिएको छ। थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्‍य वचनले र ज्‍यानसम्‍म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्‍यसलाई जितेका छन्।

शेयर गर्नुहोस्
प्रकाश 12 पढ्नुहोस्