यसपछि आकाशमा एउटा अचम्मको ठूलो चिन्ह देखा पर्यो। एउटी स्त्री देखा परिन्, जसले घाम पहिरेकी थिइन्, जसको खुट्टामुनि जून र शिरमा बाह्रवटा ताराका मुकुट थिए। तिनी गर्भिणी थिइन् अनि सुत्केरी बेथा लागेर पीडाले कराउँदैथिइन्। त्यसपछि आकाशमा अर्को एउटा अचम्मको चिन्ह देखा पर्यो, सात टाउका र दश वटा सिङ भएको एउटा ठूलो रातो अजिङ्गर थियो। त्यसका सात टाउकामा सातवटा मुकुट थिए। त्यसको पुच्छरले ताराहरूको तेस्रो भागलाई आकाशदेखि घिस्याएर पृथ्वीमा फ्याँकिदियो अनि जन्म हुन आँटेको बालकलाई जन्मनेबित्तिकै खान सुत्केरी हुन लागेकी स्त्रीको अगाडि त्यो अजिङ्गर उभियो। सबै राज्यहरूलाई शक्तिसँग शासन गर्ने एउटा छोरो ती स्त्रीले जन्माइन्। तर तिनका छोरालाई उठाएर परमेश्वरकहाँ र उहाँकै सिंहासनमा लगियो। अनि आमाचाहिँ जङ्गलतिर भागिन्, जहाँ एक हजार दुई सय साठी दिनसम्म तिनलाई पाल्न परमेश्वरले ठाउँ तयार गर्नुभएको थियो। यसपछि स्वर्गमा लडाइँ सुरु भयो। मिखाएल र उनका अरू स्वर्गदूतहरूले त्यो अजिङ्गरसित लडाइँ गरे अनि त्यस अजिङ्गर र त्यसका दूतहरूले पनि उनीहरूका विरुद्धमा लडाइँ गरे। अजिङ्गर र त्यसका दूतहरूले हारे र स्वर्गमा यिनीहरूलाई बस्न दिएनन्। यसरी त्यो अजिङ्गर, जो सुरुको सर्प हो, जसको नाम दुष्टात्मा वा शैतान पनि हो, जसले सारा संसारलाई भर्माएर राखेको थियो, त्यसैलाई यसका दूतहरूसित स्वर्गबाट पृथ्वीमा फ्याँकिएको थियो। तब मैले स्वर्गमा यसो भनिएको एउटा ठूलो सोर सुनें, “अबदेखि हाम्रा परमेश्वरले उद्धार गर्नुहुन्छ र उहाँले आफ्नो राजकीय शक्ति देखाउनुभएको छ। अब उहाँको ख्रीष्टले अधिकार देखाउनुभएको छ। अब हाम्रा दाजुभाइहरूलाई दिन-रात परमेश्वरको अगाडि दोष लगाउने शैतान स्वर्गबाट फालिएको छ। थुमाको रगतले, उनीहरूले घोषणा गरेका सत्य वचनले र ज्यानसम्म दिन उनीहरू तयार भएका हुनाले हाम्रा भाइहरूले त्यसलाई जितेका छन्।
प्रकाश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 12:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू