YouVersion लोगो
खोज आइकन

प्रकाश 1:12-18

प्रकाश 1:12-18 NCV

अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ। उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो। जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्‍नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।

प्रकाश 1 पढ्नुहोस्