प्रकाश 1:12-18
प्रकाश 1:12-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै पाउसम्मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें। उहाँका शिर र केश ऊनजस्तो सेता र हिउँजस्तै सेता, र उहाँका आँखा आगोका ज्वालाजस्तै थिए। उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्काएका काँसाजस्ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्तै थियो। उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्केको सूर्यजस्तै थियो। जब मैले उहाँलाई देखें, तब म मरेतुल्य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर ममाथि राख्नुभयो, “नडराऊ, आदि र अन्त्य र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।

प्रकाश 1:12-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि मसित बोल्नेलाई हेरूँ भनेर म फर्केँ। जब म पछिल्तिर फर्केँ, तब मैले सुनका सात वटा सामदानहरू देखेँ; अनि सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाउनुभएको र छातीमा सुनौलो चौडा पेटी लाएको “मानिसको पुत्रजस्तै,” एक जनालाई देखेँ। उहाँको शिरको कपाल ऊनजस्ता सेता, हिउँजस्तै सेता, र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउहरू आगोका भट्टीमा खारेर टल्काएका काँसाजस्तै चम्केका थिए, र उहाँको सोरचाहिँ बेगसित उर्लेको पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातले सात वटा ताराहरू पक्रिराखेको थियो; अनि उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहारचाहिँ पूरा तेजसित चम्केको सूर्यझैँ थियो। जब मैले उहाँलाई देखेँ, तब म मरेतुल्य भएर उहाँको पाउमा परेँ। तब उहाँले आफ्नो दाहिने हात ममाथि राखेर भन्नुभयो: “नडराऊ, आदि र अन्त्य म नै हुँ। जीवितचाहिँ म नै हुँ; म मरेको थिएँ, र हेर, म सदासर्वदाको लागि जीवित छु! अनि मसित मृत्यु र पातालका साँचाहरू छन्।
प्रकाश 1:12-18 पवित्र बाइबल (NERV)
को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे। मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो। तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए। तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो। उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो। जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ। म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।
प्रकाश 1:12-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मसित बोल्ने को हो भनी मैले फर्केर हेरें। मैले बत्ती राख्ने सात वटा सुनका सामदान देखें। मैले सामदानहरूका बीचमा पाउसम्मै पुग्ने लामो पोशाक लाएका र छातीमा सुनको पेटी बाँधेका एक जना मानिसको पुत्रजस्तो देखें। उहाँको केश ऊन वा हिँऊजस्तो सेतो थियो र उहाँका आँखा आगोका ज्वालाजस्ता बलेका थिए। उहाँका पाउ आगोको भट्टीमा खारेर टल्काएको काँसाजस्तै चम्केका थिए र उहाँको आवाजचाहिँ छाँगाको गर्जनजस्तो थियो। दाहिने हातमा उहाँले सातवटा तारा समात्नुभएको थियो र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो। उहाँको अनुहार दिउँसोको घामजस्तै चम्किरहेको थियो। उहाँलाई देख्दा मरेसमान भई म उहाँको पाउमा लडें। मेरो टाउकोमा आफ्नो दाहिने हात राख्दै उहाँले भन्नुभयो, “नडराऊ, म आदि र अन्त हुँ। जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्यु र पातालका साँचाहरू छन्।