YouVersion लोगो
खोज आइकन

प्रकाश 1:12-18

प्रकाश 1:12-18 NNRV

मसँग बोल्‍नेलाई हेरौं भनेर म पछि फर्के। फर्केर हेर्दा सात वटा सुनका सामदान र सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखें। उहाँका शिर र केश ऊनजस्‍तो सेता र हिउँजस्‍तै सेता, र उहाँका आँखा आगोका ज्‍वालाजस्‍तै थिए। उहाँका पाउहरू आगोको भट्टीमा खारेर टल्‍काएका काँसाजस्‍ता थिए, र उहाँको सोरचाहिँ उर्लिंदो पानीहरूको आवाजजस्‍तै थियो। उहाँको दाहिने बाहुलीले सात वटा ताराहरू पक्रिराखेको थियो, र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्‍केको थियो। उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो। जब मैले उहाँलाई देखें, तब म मरेतुल्‍य भएर उहाँका पाउमा परें। तर उहाँले आफ्‍नो दाहिने बाहुली यसो भनेर ममाथि राख्‍नुभयो, “नडराऊ, आदि र अन्‍त्‍य र जीवितचाहिँ म नै हुँ। म मरेको थिएँ। हेर, म सदासर्वदाको निम्‍ति जीवित छु, अनि मृत्‍यु र पातालका साँचाहरू मसित छन्‌।