YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 96:1-10

भजनसंग्रह 96:1-10 NCV

याहवेहको निम्ति एउटा नयाँ गीत गाओ; सारा पृथ्वीले याहवेहको निम्ति गाओ! याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर; प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर! जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर, सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ। किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्, तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो। उहाँको सामु गौरव र वैभव छन्; उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्। हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ! याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ! उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर; हे सारा पृथ्वी, उहाँको सामु थरथर काम। जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।” संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन; उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।

भजनसंग्रह 96 पढ्नुहोस्