भजनसंग्रह 96
96
भजन 96
1याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
सारा पृथ्वीले याहवेहको निम्ति गाओ!
2याहवेहको निम्ति गाओ, उहाँका नामको प्रशंसा गर;
प्रत्येक दिन उहाँले दिनुभएको मुक्तिको घोषणा गर!
3जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर,
सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर!
4किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्च प्रशंसाको योग्य हुनुहुन्छ;
सारा देवहरूभन्दा उहाँको भय मान्नुपर्छ।
5किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्,
तर याहवेहले त स्वर्गहरू सृष्टि गर्नुभयो।
6उहाँको सामु गौरव र वैभव छन्;
उहाँका पवित्रस्थानमा शक्ति र महिमा छन्।
7हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान,
याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ!
8याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ;
भेटी लिएर उहाँका मन्दिरका चोकहरूमा आओ!
9उहाँका पवित्रताको वैभवमा याहवेहलाई आराधना गर;
हे सारा पृथ्वी, उहाँको सामु थरथर काम।
10जाति-जातिहरूका बीचमा घोषणा गर, “याहवेहले राज्य गर्नुहुन्छ।”
संसार स्थिर रूपले स्थापित भएको छ, त्यो डगमगाउनेछैन;
उहाँले निष्पक्षसाथ मानिसहरूको न्याय गर्नुहुन्छ।
11आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्;
समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
12खेत र त्यसमा भएका सबै कुरा उल्लासित होऊन्;
जङ्गलका सारा रूखहरू आनन्दले गाऊन्।
13सबै सृष्टिले याहवेहको सामु गाऊन्, किनकि उहाँ आउनुहुन्छ;
उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ।
उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ,
र आफ्नो विश्वसतासाथ मानिसहरूको न्याय गर्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 96: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.