हे याहवेह, बदला लिनुहुने परमेश्वर, हे बदला लिनुहुने परमेश्वर, चम्कनुहोस्! हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्; अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्! हे याहवेह, कहिलेसम्म दुष्टहरू, आखिर कहिलेसम्म दुष्टहरू उल्लासित भइरहून्? तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्; सबै कुकर्मीहरू घमण्डले भरिएका छन्। हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्; तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्। तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्; अनाथहरूलाई हत्या गर्दछन्। तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्न; याकोबका परमेश्वरले चाल पाउनुहुन्न।” मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर, ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ? जसले कान दिनुभयो के उहाँले सुन्नुहुन्न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्न र? के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्न र? के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र? याहवेहले मानिसका सबै योजनाहरू जान्नुहुन्छ; ती व्यर्थ हुन्, भनी उहाँ जान्नुहुन्छ।
भजनसंग्रह 94 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 94:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू