YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 94:1-11

भजनसंग्रह 94:1-11 NNRV

हे परमप्रभु, प्रतिशोध लिनुहुने परमेश्‍वर, बदला लिनुहुने हे परमेश्‍वर, आफ्‍नो ज्‍योति प्रदर्शित गर्नुहोस्‌। हे पृथ्‍वीका न्‍यायाधीश, उठ्‌नुहोस्‌, अहङ्कारीहरूलाई तिनीहरूका कर्मको प्रतिफल दिनुहोस्‌। हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्‍म रमाउने, कहिलेसम्‍म दुष्‍टहरू उल्‍लसित हुने? तिनीहरू हठी कुरा गर्छन्‌, सबै कुकर्मीहरू अहङ्कारले भरिएका छन्‌। हे परमप्रभु, तिनीहरूले तपाईंका प्रजालाई मिच्‍दछन्‌, र तपाईंको उत्तराधिकारका मानिसहरूलाई सताउँछन्‌। तिनीहरूले विधवा र विदेशीहरूको हत्‍या गर्दछन्‌, र अनाथहरूलाई मार्दछन्‌। तिनीहरू भन्‍छन्‌, “परमप्रभुले देख्‍नुहुन्‍न, याकूबका परमेश्‍वरले वास्‍ता गर्नुहुन्‍न।” मानिसहरूका माझमा ए विवेकहीन हो, विचार गर, ए मूर्ख हो, तिमीहरू कहिले बुद्धिमान्‌ हुने? जसले कान दिनुभयो, के उहाँ सुन्‍नुहुन्‍न र? जसले आँखा सृजनुभयो, उहाँले देख्‍नुहुन्‍न र? जसले जाति-जातिलाई ताड़ना दिनुहुन्‍छ, के उहाँले दण्‍ड दिनुहुन्‍न र? मानिसलाई शिक्षा दिनुहुनेलाई बुद्धिको अभाव हुन्‍छ र? परमप्रभुले मानिसका विचारहरू जान्‍नुहुन्‍छ, तिनीहरू त निरर्थक हुन्‌ भनी उहाँ जान्‍नुहुन्‍छ।