YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 94:1-11

भजनसंग्रह 94:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमप्रभु, प्रतिशोध लिनुहुने परमेश्‍वर, बदला लिनुहुने हे परमेश्‍वर, आफ्‍नो ज्‍योति प्रदर्शित गर्नुहोस्‌। हे पृथ्‍वीका न्‍यायाधीश, उठ्‌नुहोस्‌, अहङ्कारीहरूलाई तिनीहरूका कर्मको प्रतिफल दिनुहोस्‌। हे परमप्रभु, दुष्‍टहरू कहिलेसम्‍म रमाउने, कहिलेसम्‍म दुष्‍टहरू उल्‍लसित हुने? तिनीहरू हठी कुरा गर्छन्‌, सबै कुकर्मीहरू अहङ्कारले भरिएका छन्‌। हे परमप्रभु, तिनीहरूले तपाईंका प्रजालाई मिच्‍दछन्‌, र तपाईंको उत्तराधिकारका मानिसहरूलाई सताउँछन्‌। तिनीहरूले विधवा र विदेशीहरूको हत्‍या गर्दछन्‌, र अनाथहरूलाई मार्दछन्‌। तिनीहरू भन्‍छन्‌, “परमप्रभुले देख्‍नुहुन्‍न, याकूबका परमेश्‍वरले वास्‍ता गर्नुहुन्‍न।” मानिसहरूका माझमा ए विवेकहीन हो, विचार गर, ए मूर्ख हो, तिमीहरू कहिले बुद्धिमान्‌ हुने? जसले कान दिनुभयो, के उहाँ सुन्‍नुहुन्‍न र? जसले आँखा सृजनुभयो, उहाँले देख्‍नुहुन्‍न र? जसले जाति-जातिलाई ताड़ना दिनुहुन्‍छ, के उहाँले दण्‍ड दिनुहुन्‍न र? मानिसलाई शिक्षा दिनुहुनेलाई बुद्धिको अभाव हुन्‍छ र? परमप्रभुले मानिसका विचारहरू जान्‍नुहुन्‍छ, तिनीहरू त निरर्थक हुन्‌ भनी उहाँ जान्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्

भजनसंग्रह 94:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, बदला लिनुहुने परमेश्‍वर, हे बदला लिनुहुने परमेश्‍वर, चम्कनुहोस्! हे पृथ्वीका न्यायाधीश, उठ्नुहोस्; अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने प्रतिफल दिनुहोस्! हे याहवेह, कहिलेसम्म दुष्‍टहरू, आखिर कहिलेसम्म दुष्‍टहरू उल्‍लासित भइरहून्? तिनीहरू अहङ्कारले भरिएको कुरा गर्छन्; सबै कुकर्मीहरू घमण्डले भरिएका छन्। हे याहवेह, तिनीहरूले तपाईंका प्रजालाई कुल्चीमिल्ची पार्छन्; तपाईंका उत्तराधिकारीहरूमाथि अत्याचार गर्छन्। तिनीहरू विधवा र विदेशीहरूलाई मार्दछन्; अनाथहरूलाई हत्या गर्दछन्। तिनीहरू भन्छन्, “याहवेहले देख्नुहुन्‍न; याकोबका परमेश्‍वरले चाल पाउनुहुन्‍न।” मानिसहरूका माझमा ए विवेकहीनहरूहो; केही त विचार गर, ए मूर्खहरू हो, तिमीहरू कहिले बुद्धिमान् हुन्छौ? जसले कान दिनुभयो के उहाँले सुन्‍नुहुन्‍न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्‍न र? के राष्ट्रहरूलाई अनुशासन गर्नुहुनेले दण्ड दिनुहुन्‍न र? के मानव-जातिलाई शिक्षा दिनुहुनेलाई ज्ञानको अभाव हुन्छ र? याहवेहले मानिसका सबै योजनाहरू जान्‍नुहुन्छ; ती व्यर्थ हुन्, भनी उहाँ जान्‍नुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्

भजनसंग्रह 94:1-11 पवित्र बाइबल (NERV)

हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ, जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्। तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्। हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु? कहिलेसम्म ती दुष्टकर्मीहरूले भयङ्कर कामहरू गर्नेछन्? हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए। ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे। अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्। तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्। तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ? हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ? तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ। तिमीहरूले बुझ्नै पर्छ। परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो, निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ। परमेश्वरले आँखा बनाउनु भयो, निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ। परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ। मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्

भजनसंग्रह 94:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! तपाईं दण्‍ड दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ, आफ्‍नो क्रोध प्रकट गर्नुहोस्! तपाईं सबै मानिसहरूका न्‍यायकर्ता हुनुहुन्‍छ, उठ्‍नुहोस् र अहङ्कारीले जे फल पाउनु उचित छ, त्‍यही त्‍यसलाई दिनुहोस्। कहिलेसम्‍म दुष्‍टहरूले आनन्‍द गर्न पाउँछन्? कहिलेसम्‍म, परमप्रभु? कहिलेसम्‍म अपराधीहरूले अहङ्कारी भएर आफ्‍ना अपराधमा घमण्‍ड गर्न पाउनेछन्? हे परमप्रभु! तिनीहरूले तपाईंका प्रजालाई चुर-चुर पार्दछन्, तपाईंका जनहरूलाई सताउँदछन्। तिनीहरूले विधवाहरू र टुहुराटुहुरीहरूलाई मार्दछन् र हाम्रा देशमा बास गर्ने परदेशीहरूको हत्‍या गर्दछन्। तिनीहरू भन्‍छन्, “परमप्रभुले हामीलाई देख्‍नुहुन्‍न। इस्राएलका परमेश्‍वरले चाल पाउनुहुन्‍न।” मेरा मानिसहरू हो! कसरी तिमीहरू यस्‍ता मूर्ख र हुस्‍सू हुन सक्‍छौ? तिमीहरूले कहिले सिक्‍ने? परमेश्‍वरले हाम्रा कान बनाउनुभयो, के उहाँले सुन्‍नुहुन्‍न र? उहाँले हाम्रा आँखा बनाउनुभयो, के उहाँ आफैंले देख्‍नुहुन्‍न र? उहाँले जाति-जातिहरूलाई हप्‍काउनुहुन्‍छ, के उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुन्‍न र? उहाँ सबै मानिसहरूका गुरु हुनुहुन्‍छ, के उहाँको आफ्‍नो ज्ञान छैन र? परमप्रभुले तिनीहरूका सोचाइ जान्‍नुहुन्‍छ; तिनीहरूका विचार कस्‍तो विवेकहीन छ, त्‍यो पनि जान्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्