हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ, जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्। तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्। हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु? कहिलेसम्म ती दुष्टकर्मीहरूले भयङ्कर कामहरू गर्नेछन्? हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए। ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे। अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्। तिनीहरूले भने कि इस्राएलका परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्। तिमी अबुझ मानिसहरू तिमीहरू कहिले ज्ञानी हुन्छौ? हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ? तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ। तिमीहरूले बुझ्नै पर्छ। परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो, निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ। परमेश्वरले आँखा बनाउनु भयो, निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ। परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ। मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू हावाका झोंका मात्र हुन्।
भजनसंग्रह 94 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 94:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू