YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:1-12

भजनसंग्रह 9:1-12 NCV

हे याहवेह, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; तपाईंका सबै अचम्मका कामहरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र आनन्द मनाउनेछु; हे सर्वोच्‍च परमेश्‍वर, तपाईंको नाममा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्; तपाईंका सामु तिनीहरूले ठेस खान्छन् र नष्‍ट हुन्छन्। किनकि तपाईंले न्याय गर्नुभयो र मेरो पक्षमा निर्णय गरिदिनुभएको छ, सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। तपाईंले जाति-जातिहरूलाई हप्काउनुभएको छ; र दुष्‍टहरूलाई नष्‍ट पार्नुभएको छ; तपाईंले तिनीहरूका नाम सधैँको निम्ति मेटिदिनुभएको छ। मेरा शत्रुहरूमाथि अनन्त विनाश आइपरेको छ, तपाईंले तिनीहरूका सहरहरू ध्वस्त पारिदिनुभएको छ; तिनीहरूको सम्झना नै मेटिएको छ। याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ। याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ। तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन। सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर। किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।

भजनसंग्रह 9 पढ्नुहोस्