हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु। म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठिउँ फर्काएर भाग्छन्, तिनीहरू तपाईंको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्। किनभने तपाईंले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनुभएको छ। सिंहासनमा विराजमान भई तपाईंले निष्पक्ष न्याय गर्नुभएको छ। जाति-जातिहरूलाई तपाईंले हप्काउनुभएको छ र दुष्टहरूलाई नष्ट पार्नुभएको छ। तपाईंले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनुभएको छ। शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईंले उखेल्नुभएको छ। तिनीहरूको नाउँनिशानै मेटिएको छ। परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ। उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ। र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान। तपाईंको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर। किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ। सङ्कष्टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्ता गर्नुहुन्न।
भजनसंग्रह 9 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 9:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू