तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ। तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ। तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्लाहरू तहसनहस पारिदिनुभएको छ। त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्। तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ। तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन। तपाईंले तिनको वैभव समाप्त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ।
भजनसंग्रह 89 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 89:38-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू