भजनसंग्रह 89:38-44
भजनसंग्रह 89:38-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ। तपाईंले आफ्नो दाससँगको करार तोड्नुभएको छ, तपाईंले उनको मुकुट धूलोमा मिलाएर अशुद्ध तुल्याउनुभएको छ। तपाईंले उनका सबै पर्खालहरू भत्काइदिनुभएको छ, र उनका किल्लाहरू नष्ट पारिदिनुभएको छ। त्यहाँबाट भएर जाने सबैले तिनलाई लुटेका छन्, तिनी आफ्ना छिमेकीहरूका निम्ति हेलाको पात्र भएका छन्। तपाईंले उनका शत्रुहरूका दाहिने हात उच्च पार्नुभएको छ, तपाईंले उनका सबै शत्रुहरूलाई उल्लसित तुल्याउनुभएको छ। तपाईंले उनका तरवारको धार बोधो तुल्याउनुभएको छ, र लड़ाइँमा उनलाई सहयोग दिनुभएको छैन। तपाईंले तिनको गौरव समाप्त गरिदिनुभएको छ, र तिनका सिंहासन जमिनमा फालिदिनुभएको छ।
भजनसंग्रह 89:38-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तपाईं आफैंले चुन्नुभएको राजासँग रिसाउनुभएको छ, तपाईंले उसलाई अस्वीकार गर्नुभएर त्याग्नुभएको छ। तपाईंले आफ्नो सेवकसँग गर्नुभएको करार तोड्नुभएको छ र उसको मुकुट हिलोमा फ्याँकिदिनुभएको छ! तपाईंले उसका सहरका पर्खालहरू भत्काइदिनुभएको छ र उसका किल्लाहरू ध्वंस पारिदिनुभएको छ। छेउबाट भएर जानेहरू सबैले उसका माल-सामान चोर्दछन्, सबै छिमेकीहरू उसमाथि हाँस्छन्। तपाईंले उसका शत्रुहरूलाई जिताउनुभएको छ र तिनीहरूलाई खुसी तुल्याउनुभएको छ। तपाईंले उसका हात-हतियारहरू बेकामका बनाइदिनुभएको छ र लडाइँमा उसको हार गराउनुभएको छ। तपाईंले उसको राजदण्ड खोस्नुभएको छ र उसको सिंहासन भूइँमा फालिदिनुभएको छ।
भजनसंग्रह 89:38-44 पवित्र बाइबल (NERV)
तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो। अनि उनलाई एक्लै छाडी दिनु भयो। तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ। तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो। तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो। उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो। त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे। उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे। तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो। तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो। परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो। तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन। तपाईंले उनलाई जित्न दिनु भएन। तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।

भजनसंग्रह 89:38-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ। तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ। तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्लाहरू तहसनहस पारिदिनुभएको छ। त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्। तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ। तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन। तपाईंले तिनको वैभव समाप्त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ।