तर परमेश्वर तपाईं आफूले रोजेका राजाप्रति रिसाउनु भयो। अनि उनलाई एक्लै छाडी दिनु भयो। तपाईंले आफ्नो करार अस्वीकार गर्नु भएकोछ। तपाईंले राजाको मुकुट मैलामा फ्याँकिदिनु भयो। तपाईंले राजाको शहरका भित्ताहरू भत्काई झार्नु भयो। उनका सबै किल्लाहरू ध्वंश पार्नुभयो। त्यताबाट भएर जाने मानिसहरूले उनका चीजहरू चोरे। उनका छिमेकीहरूले उसलाई खिसी गरेर हाँसे। तपाईंले त्यस्तो गरेर राजाका शत्रुहरूलाई खुशी बनाउनु भयो। तपाईंले उनका शत्रुहरूलाई युद्ध जित्न दिनुभयो। परमेश्वर, तपाईंले उनीहरूको रक्षा गर्दै सघाउनु भयो। तपाईंले आफ्ना राजालाई युद्धमा सघाउनु भएन। तपाईंले उनलाई जित्न दिनु भएन। तपाईंले उनको राजगद्दी भूइँमा फ्याँकिदिनु भयो।
भजनसंग्रह 89 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 89:38-44
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू