YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 89:38-44

भजनसंग्रह 89:38-44 सरल नेपाली

तर तपाईं आफैंले चुन्‍नुभएको राजासँग रिसाउनुभएको छ, तपाईंले उसलाई अस्‍वीकार गर्नुभएर त्‍याग्‍नुभएको छ। तपाईंले आफ्‍नो सेवकसँग गर्नुभएको करार तोड्‍नुभएको छ र उसको मुकुट हिलोमा फ्‍याँकिदिनुभएको छ! तपाईंले उसका सहरका पर्खालहरू भत्‍काइदिनुभएको छ र उसका किल्‍लाहरू ध्‍वंस पारिदिनुभएको छ। छेउबाट भएर जानेहरू सबैले उसका माल-सामान चोर्दछन्, सबै छिमेकीहरू उसमाथि हाँस्‍छन्। तपाईंले उसका शत्रुहरूलाई जिताउनुभएको छ र तिनीहरूलाई खुसी तुल्‍याउनुभएको छ। तपाईंले उसका हात-हतियारहरू बेकामका बनाइदिनुभएको छ र लडाइँमा उसको हार गराउनुभएको छ। तपाईंले उसको राजदण्‍ड खोस्‍नुभएको छ र उसको सिंहासन भूइँमा फालिदिनुभएको छ।

भजनसंग्रह 89 पढ्नुहोस्