YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 84:1-5

भजनसंग्रह 84:1-5 NCV

हे सेनाहरूका याहवेह! तपाईंको वासस्थान कति मनोहर छ, याहवेहको मन्दिरका चोकहरूको निम्ति मेरो प्राणले तिर्सना गर्दछ, र मूर्च्छा नै पर्छ; मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकार गर्दछ। हे सेनाहरूका याहवेह, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि घर पाउँछे, अनि गौँथलीले गुँड पाउँछे, जहाँ आफ्ना बचेराहरूलाई हुर्काउँछे। तपाईंको वासस्थानमा बस्‍ने धन्यका हुन्; तिनीहरू सदा तपाईंको प्रशंसा गर्छन्। सेला तिनीहरू धन्यका हुन्, जसको बल तपाईंमा छ; जसले आफ्ना मन सियोनको यात्रामा लगाएका छन्।

भजनसंग्रह 84 पढ्नुहोस्