हे सर्वशक्तिमान् परमप्रभु! म कति तपाईंको मन्दिरलाई प्रेम गर्दछु! म त्यहाँ बस्न कति चाहन्छु! म परमप्रभुको मन्दिरमा बास गर्न अति इच्छा गर्दछु। मेरो सारा प्राणले जिउँदो परमेश्वरकहाँ म आनन्दको गीत गाउँदछु। भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्नै घर छ, तिनीहरूले आफ्ना बच्चाहरूलाई तपाईंका वेदीछेउ राख्छन्, सर्वशक्तिमान् परमप्रभु मेरा राजा, मेरा परमेश्वर, तपाईंको मन्दिरमा बास गरेर सधैँ तपाईंको महिमा गाउनेहरू कति खुसी छन्। तपाईंबाट बल पाउनेहरू र सियोन पहाडमा जानलाई इच्छुक रहनेहरू कति खुसी छन्।
भजनसंग्रह 84 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 84:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू