YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 84:1-5

भजनसंग्रह 84:1-5 NNRV

हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईंको वासस्‍थान कति मनोहर छ। परमप्रभुका मन्‍दिरको निम्‍ति मेरो प्राण इच्‍छुक छ, र मूर्च्‍छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्‍वरको पुकारा गर्दछ। हे सर्वशक्तिमान्‌ परमप्रभु, मेरा राजा अनि मेरा परमेश्‍वर, तपाईंका वेदीको नजिक भँगेरीले पनि बसेरा पाउँछे, अनि गौँथलीले गुँड़ बनाउँछे, जहाँ आफ्‍ना बचेरोहरूलाई राख्‍छे। तपाईंको वासस्‍थानमा बस्‍ने धन्‍यका हुन्‌, तिनीहरू सदैव तपाईंको प्रशंसा गर्छन्‌। सेला तिनीहरू धन्‍यका हुन्‌, जसको बल तपाईंमा छ, जसले आफ्‍ना हृदयमा सियोन जाने निधो गरेका छन्‌।