YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 81:8-14

भजनसंग्रह 81:8-14 NCV

हे मेरा प्रजा सुन, म तिमीहरूलाई चेतावनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको भए त! तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन; तिमीहरूले मबाहेक कुनै देवतालाई दण्डवत् गर्नुहुँदैन। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ, जसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, तिमीहरूका मुख पूरा खोल, र म त्यो भरिदिनेछु। “तर मेरा प्रजाले मैले भनेको सुन्दैनन्; इस्राएलले मेरो अधीनमा रहन मान्दैनन्। यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनी मैले तिनीहरूलाई तिनीहरूकै हृदयको जिद्दीमा छोडिदिएँ। “मेरा प्रजाले मेरा कुरा सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँडेको भए त, म कति चाँडो तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका दुश्मनहरूका विरुद्धमा मेरो हात उठाउनेथिएँ!

भजनसंग्रह 81 पढ्नुहोस्