“हे मेरा प्रजा, सुन र म तिमीहरूलाई चेताउनी दिनेछु— हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेका भए त। तिमीहरूका बीचमा पराई देवता हुनुहुँदैन, तिमीहरू कुनै पराई देवताको अगि झुक्नुहुँदैन। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। तिमीहरूको मुख पूरा खोल, र म त्यो भरिदिनेछु। तर मेरो प्रजाले मैले भनेको सुनेन। इस्राएलले मेरो अधीनमा रहन मानेन। यसकारण तिनीहरू आफ्नै युक्तिमा हिँडून् भनेर मैले तिनीहरूलाई तिनीहरूकै मनको जिद्दीमा छोडिदिएँ। “मेरा प्रजाले मेरो सोर सुनेका भए त, इस्राएल मेरो मार्गमा हिँड़ेको भए त, म चाँड़ै तिनीहरूका शत्रुहरूलाई पराजित गर्नेथिएँ, र तिनीहरूका शत्रुहरूका विरुद्धमा म आफ्नो हात उठाउनेथिएँ!
भजनसंग्रह 81 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 81
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 81:8-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू