यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्वास गरेनन्। यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो। जब परमेश्वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्चात्ताप गर्दै उहाँतिर फर्के। परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्च परमेश्वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्ने कुरा तिनीहरूले सम्झे। तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले; तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्वासयोग्य नै थिए। तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:32-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू