YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:32-38

भजनसंग्रह 78:32-38 NNRV

यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌। यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो। जब परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो, तिनीहरूले उहाँको खोजी गरे, तिनीहरू फेरि यत्‍नसाथ उहाँतिर फर्के। तिनीहरूलाई याद भयो कि परमेश्‍वर तिनीहरूको चट्टान, र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ। तर त्‍यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे, र आफ्‍ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले। तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्‌, उहाँको करारप्रति तिनीहरू विश्‍वस्‍त रहेनन्‌। तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। बारम्बार उहाँले आफ्‍नो क्रोध रोक्‍नुभयो, र उहाँले आफ्‍नो सम्‍पूर्ण क्रोध उत्तेजित पार्नुभएन।