ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्। यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्ट भयो। उहाँले तिनीहरूमध्ये कतिलाई मार्नुभएपछि अरूहरू उहाँतिर फर्कन्थे, तिनीहरूले पश्चात्ताप गरेर भक्तिसित उहाँलाई प्रार्थना गर्थे। तिनीहरूले याद गर्थे, “परमेश्वर हाम्रा रक्षक हुनुहुन्छ र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।” तर तिनीहरूका शब्दहरू सबै झूटा थिए, तिनीहरूले भनेका कुनै कुरा सत्य थिएन। तिनीहरूको उहाँमाथि भक्ति थिएन, उहाँसँग गरेका करारप्रति तिनीहरू विश्वासयोग्य रहेनन्। तर परमेश्वरले आफ्ना प्रजालाई दयामाया गर्नुभयो, तिनीहरूका पाप उहाँले माफ गर्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन। धेरै चोटि उहाँले आफ्नो क्रोधलाई रोक्नुभयो र रिस थाम्नुभयो।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:32-38
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू