YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:32-38

भजनसंग्रह 78:32-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌। यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो। जब परमेश्‍वरले तिनीहरूलाई मार्नुभयो, तिनीहरूले उहाँको खोजी गरे, तिनीहरू फेरि यत्‍नसाथ उहाँतिर फर्के। तिनीहरूलाई याद भयो कि परमेश्‍वर तिनीहरूको चट्टान, र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धार गर्ने हुनुहुँदोरहेछ। तर त्‍यसपछि तिनीहरूले ओठले मात्र उहाँको खुशामद गरे, र आफ्‍ना जिब्राले तिनीहरूले उहाँसित झूट बोले। तिनीहरूका हृदय उहाँप्रति ईमानदार थिएनन्‌, उहाँको करारप्रति तिनीहरू विश्‍वस्‍त रहेनन्‌। तापनि उहाँचाहिँ दयालु हुनुभएकोले उहाँले तिनीहरूका अपराध क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। बारम्बार उहाँले आफ्‍नो क्रोध रोक्‍नुभयो, र उहाँले आफ्‍नो सम्‍पूर्ण क्रोध उत्तेजित पार्नुभएन।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:32-38 पवित्र बाइबल (NERV)

तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्। यसकारण तिनीहरूको जीवन, महा-विपदसँग समाप्त पारिदिनु भयो। जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे। तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ। तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्। तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करार सँग आज्ञाकारी थिएनन्। तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।

भजनसंग्रह 78:32-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्। यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो। जब परमेश्‍वरले तिनीहरूमध्ये कतिलाई मार्नुभयो; तब तिनीहरूले उहाँको खोजी गर्दै, फेरि पश्‍चात्ताप गर्दै उहाँतिर फर्के। परमेश्‍वर तिनीहरूका चट्टान हुनुहुन्छ र सर्वोच्‍च परमेश्‍वर तिनीहरूका उद्धारक हुनुहुँदोरहेछ भन्‍ने कुरा तिनीहरूले सम्झे। तर त्यसपछि तिनीहरूका मुखले उहाँको चापलुसी गरे, र तिनीहरूका जिब्रोले उहाँसित झूटो बोले; तिनीहरूका हृदय उहाँतर्फ वफादार थिएनन्, न त उहाँका करारप्रति तिनीहरू विश्‍वासयोग्य नै थिए। तापनि तिनीहरूप्रति उहाँ दयालु हुनुभयो; उहाँले तिनीहरूका अपराधहरू क्षमा गर्नुभयो, र तिनीहरूलाई नष्‍ट पार्नुभएन। पटक-पटक उहाँले आफ्नो रिस नियन्त्रण गर्नुभयो र आफ्नो पूरा क्रोध पोख्नुभएन।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:32-38 पवित्र बाइबल (NERV)

तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्। यसकारण तिनीहरूको जीवन, महा-विपदसँग समाप्त पारिदिनु भयो। जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे। तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ। तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्। तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करार सँग आज्ञाकारी थिएनन्। तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:32-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्‍चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्। यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्‍त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्‍ट भयो। उहाँले तिनीहरूमध्‍ये कतिलाई मार्नुभएपछि अरूहरू उहाँतिर फर्कन्‍थे, तिनीहरूले पश्‍चात्ताप गरेर भक्तिसित उहाँलाई प्रार्थना गर्थे। तिनीहरूले याद गर्थे, “परमेश्‍वर हाम्रा रक्षक हुनुहुन्‍छ र सर्वशक्तिमान् प्रभुले हाम्रो मद्दत गर्नुभयो।” तर तिनीहरूका शब्‍दहरू सबै झूटा थिए, तिनीहरूले भनेका कुनै कुरा सत्‍य थिएन। तिनीहरूको उहाँमाथि भक्ति थिएन, उहाँसँग गरेका करारप्रति तिनीहरू विश्‍वासयोग्‍य रहेनन्। तर परमेश्‍वरले आफ्‍ना प्रजालाई दयामाया गर्नुभयो, तिनीहरूका पाप उहाँले माफ गर्नुभयो र तिनीहरूलाई नाश पार्नुभएन। धेरै चोटि उहाँले आफ्‍नो क्रोधलाई रोक्‍नुभयो र रिस थाम्‍नुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्