YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:32-38

भजनसंग्रह 78:32-38 NERV

तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्। यसकारण तिनीहरूको जीवन, महा-विपदसँग समाप्त पारिदिनु भयो। जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति फर्किए, तिनीहरूले परमेश्वर को खोजी गरे। तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ। तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित ईमान्दार थिएनन्। तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करार सँग आज्ञाकारी थिएनन्। तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।

भजनसंग्रह 78 पढ्नुहोस्