YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-33

भजनसंग्रह 78:21-33 NCV

जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो; किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे। तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो; उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो। उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो। उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो। उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो। तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो। तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै, परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो। यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्। यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्