YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-33

भजनसंग्रह 78:21-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

जब परमप्रभुले तिनीहरूका कुरा सुन्‍नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्‍क्‍यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्‍क्‍यो, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेनन्‌, र उहाँको उद्धारमा भरोसा राखेनन्‌। तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्‍वर्गका ढोकाहरू खोलिदिनुभयो। उहाँले मानिसहरूका निम्‍ति खानलाई मन्‍न बर्साउनुभयो, तिनीहरूलाई स्‍वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्‍वर्गदूतहरूको रोटी खाए। परमेश्‍वरले तिनीहरूलाई मनग्‍गे खानेकुरा दिनुभयो। उहाँले आकाशमा पूर्वीय बतास छोड्‌नुभयो, र उहाँले आफ्‍नै शक्तिले दक्षिणी बतास चलाउनुभयो। उहाँले धूलाको कणसरह मासु बर्षाउनुभयो, उड्‌ने पक्षीहरू समुद्री तटको बालुवाझैँ बर्षाउनुभयो। उहाँले तिनीहरूको छाउनीभित्र ती पक्षीहरू तिनीहरूका पालको चारैतिर आउन लगाउनुभयो। तिनीहरूले खाए, र तिनीहरू तृप्‍त भए, किनकि उहाँले तिनीहरूलाई तिनीहरूको इच्‍छाबमोजिम दिनुभएको थियो। तर तिनीहरूको तृष्‍णा मेटिन अघि, तिनीहरूले खाएका मासु तिनीहरूका मुखैमा हुँदा, तिनीहरूमाथि परमेश्‍वरको क्रोध दन्‍किउठ्यो। र तिनीहरूमध्‍येका बलवान्‌हरूलाई उहाँले मार्नुभयो, इस्राएलका युवकहरूलाई निमिट्यान्‍न बनाइदिनुभयो। यति हुँदा पनि तिनीहरूले पाप गरी नै रहे, उहाँका आश्‍चर्यकर्म हुँदाहुँदै पनि तिनीहरूले विश्‍वास गरेनन्‌। यसकारण उहाँले तिनीहरूका दिन व्‍यर्थतामा, र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा लोप गराइदिनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:21-33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब याहवेहले तिनीहरूका कुरा सुन्‍नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो; किनकि तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे। तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो; उहाँले मानिसहरूका निम्ति खानलाई मन्‍न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्‍न दिनुभयो। मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्‍वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो। उहाँले आकाशमा पूर्वीय बतास बहाउनुभयो; र उहाँको शक्तिद्वारा दक्षिणी बतासलाई चलाउनुभयो। उहाँले धुलोको कणसरह तिनीहरूका निम्ति मासु बर्साउनुभयो; उड्ने पक्षीहरूलाई समुद्री किनारका बालुवासरह बर्साइदिनुभयो। उहाँले ती पक्षीहरूलाई तिनीहरूका छाउनीभित्र, तिनीहरूका पालको वरिपरि झार्नुभयो। तिनीहरूले नघाउन्जेल खाए— उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेअनुसार दिनुभयो। तर तिनीहरूको भोक मेटिनु अगि नै, तिनीहरूले खाएका खाना तिनीहरूका मुखमा छँदै, परमेश्‍वरको क्रोध तिनीहरूको विरुद्ध दन्क्यो; तिनीहरूमध्येका बलियाहरूलाई उहाँले मार्नुभयो, इस्राएलका जवान मानिसहरूलाई ढालिदिनुभयो। यी सबै कुराहरू हुँदा पनि तिनीहरूले पाप गरी नै रहे; र उहाँका अद्‌भुत कार्यहरू देखेर पनि तिनीहरूले विश्‍वास गरेनन्। यसकारण उहाँले तिनीहरूका दिनहरू व्यर्थतामा र तिनीहरूका वर्षहरूचाहिँ आतङ्कमा अन्त्य गरिदिनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:21-33 पवित्र बाइबल (NERV)

परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो। किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्। ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो, अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो। आकाश ढोकाहरू जस्तै खोलियो अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो। मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो। परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो। अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे, तिनीहरू समुद्रको बालुवा जस्तै थिए। ती मानिसहरूका छाउनीका वरिपरि र छाउनीको माझमा चराहरू झरे। तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो। तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए। परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो। तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्। यसकारण तिनीहरूको जीवन, महा-विपदसँग समाप्त पारिदिनु भयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्

भजनसंग्रह 78:21-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो; उहाँले आफ्‍ना प्रजालाई आगोद्वारा प्रहार गर्नुभयो र तिनीहरूका विरुद्धमा उहाँको रिस बढ्यो। किनभने उहाँमाथि तिनीहरूको विश्‍वास थिएन र उहाँले हामीलाई बचाउनुभयो भन्‍ने तिनीहरूलाई भरोसा थिएन। तर उहाँ बोल्‍नुभयो र आकाशलाई त्‍यसका ढोकाहरू खोल्‍ने आज्ञा दिनुभयो। खानलाई मन्‍न पठाइदिनुभएर उहाँले तिनीहरूलाई स्‍वर्गदेखि अन्‍न दिनुभयो। यसरी तिनीहरूले स्‍वर्गदूतका खाना खाए र परमेश्‍वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो। उहाँले पूर्वपट्टिको हावा पनि बहाउनुभयो र आफ्‍नो शक्तिले दक्षिणको बतास चलाउनुभयो। उहाँले आफ्‍ना प्रजालाई समुद्रको किनारमा भएको बालुवाको कणसरह चरा-चुरुङ्गीहरू पठाइदिनुभयो। ती चराहरू तम्‍बुका चारैपट्टि र माझमा खसे। मानिसहरूले ती खाए र अघाए, परमेश्‍वरले तिनीहरूलाई तिनीहरूले मागेका कुरा दिनुभयो। तर तिनीहरूको भोक अझ मेटिएको थिएन, तिनीहरूले अझै खाइरहेका थिए। तर परमेश्‍वर तिनीहरूसित रिसाउनुभयो र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो: इस्राएलका सबैभन्दा उत्तम युवाहरू। ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्‍चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्। यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्‍त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्‍ट भयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 78 पढ्नुहोस्