तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो; उहाँले आफ्ना प्रजालाई आगोद्वारा प्रहार गर्नुभयो र तिनीहरूका विरुद्धमा उहाँको रिस बढ्यो। किनभने उहाँमाथि तिनीहरूको विश्वास थिएन र उहाँले हामीलाई बचाउनुभयो भन्ने तिनीहरूलाई भरोसा थिएन। तर उहाँ बोल्नुभयो र आकाशलाई त्यसका ढोकाहरू खोल्ने आज्ञा दिनुभयो। खानलाई मन्न पठाइदिनुभएर उहाँले तिनीहरूलाई स्वर्गदेखि अन्न दिनुभयो। यसरी तिनीहरूले स्वर्गदूतका खाना खाए र परमेश्वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो। उहाँले पूर्वपट्टिको हावा पनि बहाउनुभयो र आफ्नो शक्तिले दक्षिणको बतास चलाउनुभयो। उहाँले आफ्ना प्रजालाई समुद्रको किनारमा भएको बालुवाको कणसरह चरा-चुरुङ्गीहरू पठाइदिनुभयो। ती चराहरू तम्बुका चारैपट्टि र माझमा खसे। मानिसहरूले ती खाए र अघाए, परमेश्वरले तिनीहरूलाई तिनीहरूले मागेका कुरा दिनुभयो। तर तिनीहरूको भोक अझ मेटिएको थिएन, तिनीहरूले अझै खाइरहेका थिए। तर परमेश्वर तिनीहरूसित रिसाउनुभयो र उहाँले तिनका सबैभन्दा बलिया मानिसहरूले मार्नुभयो: इस्राएलका सबैभन्दा उत्तम युवाहरू। ती सबै भएर पनि मानिसहरूले पाप गरि नै रहे, आश्चर्यकर्महरू देखेर पनि तिनीहरूले उहाँमा भरोसा गरेनन्। यसैले सास गएको झैँ उहाँले तिनीहरूका जीवन अन्त गराउनुभयो र तिनीहरूको जीवन प्रकोपमा परेर नष्ट भयो।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:21-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू