YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-33

भजनसंग्रह 78:21-33 NERV

परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो। किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्। ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो, अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना बर्षाउनु भयो। आकाश ढोकाहरू जस्तै खोलियो अनि आकाशका भण्डारबाट अन्न बर्षाउनु भयो। मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो। परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु बर्षाउनु भयो। अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे, तिनीहरू समुद्रको बालुवा जस्तै थिए। ती मानिसहरूका छाउनीका वरिपरि र छाउनीको माझमा चराहरू झरे। तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो। तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए। परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो। तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्। यसकारण तिनीहरूको जीवन, महा-विपदसँग समाप्त पारिदिनु भयो।

भजनसंग्रह 78 पढ्नुहोस्