जब याहवेहले तिनीहरूका कुरा सुन्नुभयो, उहाँ धेरै रिसाउनुभयो; याकोबको विरुद्धमा उहाँको आगो दन्क्यो, र उहाँको क्रोध इस्राएलका विरुद्धमा दन्क्यो; किनकि तिनीहरूले परमेश्वरमाथि विश्वास गरेनन्, न त उहाँको छुटकारामा नै भरोसा राखे। तापनि उहाँले माथि आकाशलाई हुकुम गर्नुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो; उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो, उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो। मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए; परमेश्वरले तिनीहरूलाई प्रशस्त खानेकुरा पठाइदिनुभयो।
भजनसंग्रह 78 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू