जब परमप्रभुले तिनीहरूका कुरा सुन्नुभयो, तब उहाँ साह्रै क्रोधित हुनुभयो, र याकूबको विरुद्धमा उहाँको आगो सल्क्यो, र इस्राएलको विरुद्ध उहाँको क्रोध दन्क्यो, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन्, र उहाँको उद्धारमा भरोसा राखेनन्। तापनि उहाँले माथि आकाशलाई हुकुम दिनुभयो, र स्वर्गका ढोकाहरू खोलिदिनुभयो। उहाँले मानिसहरूका निम्ति खानलाई मन्न बर्साउनुभयो, तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो। मानिसहरूले स्वर्गदूतहरूको रोटी खाए। परमेश्वरले तिनीहरूलाई मनग्गे खानेकुरा दिनुभयो।
भजनसंग्रह 78 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 78
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 78:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू