YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 78:21-25

भजनसंग्रह 78:21-25 सरल नेपाली

तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो; उहाँले आफ्‍ना प्रजालाई आगोद्वारा प्रहार गर्नुभयो र तिनीहरूका विरुद्धमा उहाँको रिस बढ्यो। किनभने उहाँमाथि तिनीहरूको विश्‍वास थिएन र उहाँले हामीलाई बचाउनुभयो भन्‍ने तिनीहरूलाई भरोसा थिएन। तर उहाँ बोल्‍नुभयो र आकाशलाई त्‍यसका ढोकाहरू खोल्‍ने आज्ञा दिनुभयो। खानलाई मन्‍न पठाइदिनुभएर उहाँले तिनीहरूलाई स्‍वर्गदेखि अन्‍न दिनुभयो। यसरी तिनीहरूले स्‍वर्गदूतका खाना खाए र परमेश्‍वरले तिनीहरूले मागेका सबै कुरा दिनुभयो।

भजनसंग्रह 78 पढ्नुहोस्