हे परमेश्वर, राजालाई तपाईंको न्याय, र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्। राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्। पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्; पहाडहरूले धार्मिकताका फल ल्याऊन्। उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्, र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्; उहाँले अत्याचारीहरूलाई नाश गरून्। जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ, सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्। तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै, र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्। राजाको शासनकालमा धर्मीहरूको उन्नति होस्, र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्। राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्। राजाको सामु मरुभूमिमा बस्नेहरूले दण्डवत् गरून्, र उनका शत्रुहरूले धुलो चाटून्। तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले उनलाई सलामी ल्याऊन्; शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाऊन्। सबै राजाहरू उनको अगाडि निहुरिऊन्; र सबै राष्ट्रहरूले उनको सेवा गरून्। किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्; पीडितहरू जसको सहायता गर्ने कोही छैन। दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्, र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्। उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्; किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ। तिनी दीर्घायु होऊन्! तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्। तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्, र दिनभरि नै तिनलाई आशिष् देऊन्। देशभरि नै प्रशस्त अन्न होस्; पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्। तिनको बाली लेबनानझैँ फस्टाओस्; र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्। तिनको नाम सदासर्वदा रहिरहोस्; सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।
भजनसंग्रह 72 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 72:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू