भजनसंग्रह 72
72
भजन 72
सोलोमनको भजन।
1हे परमेश्वर, राजालाई तपाईंको न्याय,
र राजाका छोरालाई तपाईंको धार्मिकता दिनुहोस्।
2राजाले तपाईंका मानिसहरूलाई धार्मिकतासाथ
र तपाईंका पीडित जनहरूलाई धार्मिकतासाथ न्याय गरून्।
3पर्वतहरूले मानिसहरूका लागि समृद्धि ल्याऊन्;
पहाडहरूले धार्मिकताका फल ल्याऊन्।
4उहाँले पीडितलाई मानिसहरूबीच रक्षा गरून्,
र अभावमा हुनेहरूका सन्तानहरूलाई बचाऊन्;
उहाँले अत्याचारीहरूलाई नाश गरून्।
5जबसम्म सूर्य रहन्छ, र जबसम्म चन्द्रमा रहन्छ,
सबै पुस्ताका मानिसहरूले राजाको भय मानून्।
6तिनी काटिएको घाँसको चउरमाथि बर्सने पानीजस्तै,
र जमिनलाई भिजाउन सिँचाइ गरिने झरीहरूझैँ होऊन्।
7राजाको शासनकालमा धर्मीहरूको उन्नति होस्,
र चन्द्रमा रहुन्जेल देशमा प्रसस्तता होस्।
8राजाले एक समुद्रदेखि अर्को समुद्रसम्म, यूफ्रेटिस नदीदेखि
पृथ्वीको अन्तिम छेउ-छाउसम्म शासन गरून्।
9राजाको सामु मरुभूमिमा बस्नेहरूले दण्डवत् गरून्,
र उनका शत्रुहरूले धुलो चाटून्।
10तर्शीश र टाढा सामुद्रिक किनारका राजाहरूले
उनलाई सलामी#72:10 राजाहरूले शासन गर्ने समयमा ठूला राजा वा सम्राटलाई साना राजाले सम्मान स्वरूप उपहार वा सलामी दिनुपर्थ्यो ल्याऊन्;
शेबा र सेबाका राजाहरूले
उनलाई भेटी चढाऊन्।
11सबै राजाहरू उनको अगाडि निहुरिऊन्;
र सबै राष्ट्रहरूले उनको सेवा गरून्।
12किनकि उनले अभावमा हुनेहरूलाई उद्धार गर्छन्, जसले उहाँलाई पुकार गर्छन्;
पीडितहरू जसको सहायता गर्ने कोही छैन।
13दुर्बल र अभावमा भएकाहरूलाई उनले दया देखाउनेछन्,
र अभावमा हुनेहरूको प्राण मृत्युदेखि बचाउनेछन्।
14उनले तिनीहरूलाई हिंसा र अत्याचारबाट छुटाउनेछन्;
किनकि उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य छ।
15तिनी दीर्घायु होऊन्!
तिनलाई शेबाको सुन भेटीस्वरूप दिइयोस्।
तिनको निम्ति मानिसहरूले सधैँ प्रार्थना गरून्,
र दिनभरि नै तिनलाई आशिष् देऊन्।
16देशभरि नै प्रशस्त अन्न होस्;
पर्वतका टाकुराहरू समेतलाई प्रभावित पारून्।
तिनको बाली लेबनानझैँ फस्टाओस्;
र सहरका मानिसहरू जमिनको घाँसझैँ फस्टाऊन्।
17तिनको नाम सदासर्वदा रहिरहोस्;
सूर्य रहुन्जेलसम्म तिनको नाम रहिरहोस्।
तब तिनीद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्;
र तिनलाई धन्यका भन्नेछन्।
18इस्राएलका परमेश्वर, याहवेह परमेश्वरलाई प्रशंसा होस्!
उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ।
19उहाँको महिमायोग्य नामको सदासर्वदा प्रशंसा होस्;
उहाँको महिमाले सारा पृथ्वी भरियोस्।
आमेन! आमेन!
20यिशैका छोरा दावीदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 72: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.