हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो। तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।
भजनसंग्रह 68 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 68:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू