YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 68:7-10

भजनसंग्रह 68:7-10 NNRV

हे परमेश्‍वर, जब तपाईं आफ्‍ना मानिसहरूका अगिअगि निस्‍कनुभयो, जब तपाईं उजाड-स्‍थानबाट भएर अगि बढ्‌नुभयो, सेला पृथ्‍वी काम्‍यो, आकाशले वृष्‍टि खन्‍यायो, परमेश्‍वरको सामु, सीनैमा हुनुहुने, परमेश्‍वरको सामु, इस्राएलका परमेश्‍वर। हे परमेश्‍वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्‍थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्‍यस भूमिमा बसोबास गरे, अनि आफ्‍नो प्रशस्‍तताबाट, हे परमेश्‍वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।