भजनसंग्रह 68:7-10
भजनसंग्रह 68:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! जब तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, तब पृथ्वीमा भूइँचालो गयो र आकाशबाट बृष्टि भयो किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो। तपाईंले प्रशस्त बृष्टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। तपाईंका प्रजाले त्यहाँ आफ्ना घर बनाए र आफ्नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो।
भजनसंग्रह 68:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगिअगि निस्कनुभयो, जब तपाईं उजाड-स्थानबाट भएर अगि बढ्नुभयो, सेला पृथ्वी काम्यो, आकाशले वृष्टि खन्यायो, परमेश्वरको सामु, सीनैमा हुनुहुने, परमेश्वरको सामु, इस्राएलका परमेश्वर। हे परमेश्वर, तपाईंले मुसलधार पानी बर्साउनुभयो, ओइलिसकेको तपाईंको भूमिलाई पुनर्स्थापन गर्नुभयो। तपाईंका मानिसहरूले त्यस भूमिमा बसोबास गरे, अनि आफ्नो प्रशस्तताबाट, हे परमेश्वर, तपाईंले दरिद्रहरूको भरणपोषण गर्नुभयो।

भजनसंग्रह 68:7-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, जब तपाईं आफ्ना मानिसहरूका अगि जानुभयो, जब तपाईं मरुभूमिबाट भएर अगि बढ्नुभयो, सेला तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ। हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो; तपाईंले सुक्खा भूमिलाई फेरि ताजा बनाउनुभयो। तपाईंका मानिसहरू त्यस भूमिमा बसोबास गरे; हे परमेश्वर, तपाईंको प्रशस्तताबाट निमुखाहरूलाई सबै कुरा जुटाउनुभयो।
भजनसंग्रह 68:7-10 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईंले आफ्नो भक्तजनहरूलाई मिश्रबाट बाहिर डोर्याउनु भयो। तपाईं मरुभूमि भएर कदम बढाउनु भयो र पृथ्वी पनि हल्लियो। हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो, तब पृथ्वी काम्यो अनि आकाश पग्लियो। हे परमेश्वर, तपाईंले बर्षा पठाउनु भयो, क्लान्त, वृद्ध धर्तीलाई फेरि बलियो भूमि बनाउन। तपाईंका पशुहरू फर्केर त्यही भूमिमा आए। हे परमेश्वर, तपाईंले गरीब दुःखीहरूलाई धेरै राम्रा चीजहरू दिनुभयो।