YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 66:13-20

भजनसंग्रह 66:13-20 NCV

म तपाईंको मन्दिरमा होमबलि सहित आउनेछु; र तपाईंसँग गरेका मेरा भाकलहरू पूरा गर्नेछु। जब म सङ्कष्‍टमा थिएँ, मेरा ओठले प्रतिज्ञा गरेका र मेरो मुखले बोलेका भाकलहरू म पूरा गर्नेछु। म तपाईंलाई मोटा पशुहरूको बलिदान चढाउनेछु; र भेडाहरूको भेटी चढाउनेछु; म बहरहरू र बोकाहरू चढाउनेछु। सेला हे परमेश्‍वरको भय मान्‍नेहरू हो, सबै आओ र सुन; उहाँले मेरो निम्ति के गर्नुभएको छ, सो म तिमीहरूलाई बताउनेछु। मेरो मुखले उहाँलाई सहायताको निम्ति पुकारेँ; उहाँको प्रशंसा मेरो जिब्रोमा थियो। यदि मेरो हृदयमा मैले पापलाई ठाउँ दिएको भए, प्रभुले मेरो बिन्ती सुन्‍नुहुने थिएन; तर परमेश्‍वरले साँच्‍चै नै सुन्‍नुभएको छ; र उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ। परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरो प्रार्थना इन्कार गर्नुभएको छैन, वा मबाट उहाँको अचुक प्रेम रोक्नुभएको छैन!

भजनसंग्रह 66 पढ्नुहोस्