YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 57:7-11

भजनसंग्रह 57:7-11 NCV

हे परमेश्‍वर, मेरो हृदय स्थिर छ, मेरो हृदय स्थिर छ; म गाउनेछु र धुन बजाउनेछु। हे मेरो प्राण, उठ्! हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु। हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु। किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्‍च छ; तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै पुग्दछ। हे परमेश्‍वर, स्वर्गभन्दा उच्‍च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!

भजनसंग्रह 57 पढ्नुहोस्