भजनसंग्रह 57:7-11
भजनसंग्रह 57:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो हृदय स्थिर छ, हे परमेश्वर, मेरो हृदय स्थिर छ, म गाउनेछु, म राग बजाउनेछु। हे मेरो प्राण, जाग्, हे वीणा र सारङ्गी, जाग, म प्रभातलाई जगाउनेछु। हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु। मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु। किनकि तपाईंको करुणा स्वर्गसम्म महान् छ, र तपाईंको विश्वसनीयताले आकाशै छुन्छ। हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभरि व्याप्त होस्!
भजनसंग्रह 57:7-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मेरो हृदय स्थिर छ, मेरो हृदय स्थिर छ; म गाउनेछु र धुन बजाउनेछु। हे मेरो प्राण, उठ्! हे सारङ्गी र वीणा जाग्! म प्रभातलाई जगाउनेछु। हे प्रभु, राष्ट्र-राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; जाति-जातिहरूबीच म तपाईंको स्तुति गाउनेछु। किनकि तपाईंको प्रेम महान् छ, आकाशझैँ उच्च छ; तपाईंको विश्वासयोग्यता आकाशसम्मै पुग्दछ। हे परमेश्वर, स्वर्गभन्दा उच्च हुनुहोस्; सारा पृथ्वीमाथि तपाईंको महिमा रहोस्!
भजनसंग्रह 57:7-11 पवित्र बाइबल (NERV)
हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु। म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु। हे मेरो प्राण जाग! वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर! प्रभात फेरि लगाऊ। हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु। प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु। तपाईंको स्नेहपूर्ण करूणा, आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ। हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्। उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ।
भजनसंग्रह 57:7-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! तपाईंमाथि मेरो पूरा भरोसा छ, म भजन गाएर तपाईंको प्रशंसा गर्नेछु। हे मेरो आत्मा, जागी उठ्! मेरो वीणा र सितार, जाग, म घामलाई जगाउनेछु। हे प्रभु! जातिहरूका बीच म तपाईंलाई धन्यवाद चढाउनेछु, जाति-जातिका बीचमा तपाईंको प्रशंसा गर्नेछु। तपाईंको अनन्त प्रेम स्वर्गसम्म पुग्दछ र तपाईंको विश्वासयोग्यताले आकाश छुँदछ। हे परमेश्वर! आकाशमा आफ्नो महान्ता र सारा संसारमा आफ्नो महिमा देखाउनुहोस्।