भजनसंग्रह 5:3-8

भजनसंग्रह 5:3-8 NCV

हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ; सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु, र आशामा प्रतीक्षा गर्दछु। तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न; दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्। घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्। दुष्‍ट काम गर्नेहरू सबैलाई तपाईं घृणा गर्नुहुन्छ। झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ; रक्तपात गर्ने र छलीहरूलाई तपाईं याहवेहले घृणा गर्नुहुन्छ। तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा तपाईंको भवनभित्र आउनेछु; तपाईंको पवित्र मन्दिरतिर म श्रद्धासाथ दण्डवत् गर्नेछु। हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्; मेरा शत्रुहरूका कारण, तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।

भजनसंग्रह 5 पढ्नुहोस्