भजनसंग्रह 5:3-8

भजनसंग्रह 5:3-8 सरल नेपाली

तपाईंले बिहान मेरो सोर सुन्‍नुहुन्‍छ, सूर्य उदाउँदा म तपाईंसँग प्रार्थना गर्छु र उत्तर पर्खन्‍छु। तपाईं दुष्‍ट काम गर्नेहरूसित खुसी हुने परमेश्‍वर हुनुहुन्‍न, तपाईंको सामु कुनै दुष्‍ट कुरा रहन सक्‍दैन। घमण्‍डी मानिसलाई तपाईंले हेर्न सक्‍नुहुन्‍न; सबै दुष्‍ट मानिसहरूलाई तपाईंले घृणा गर्नुहुन्‍छ। तपाईंले झूटो बोल्‍ने सबैलाई नाश गर्नुहुन्‍छ अनि झगडालु र छल गर्नेहरूलाई तपाईंले घृणा गर्नुहुन्‍छ। तर तपाईंको महान् प्रेमले गर्दा म तपाईंको घरमा पस्‍न सक्‍छु, तपाईंको पवित्र मन्‍दिरमा उपासना गर्न सक्‍छु र आदरभक्तिसाथ तपाईंलाई दण्‍डवत् गर्न सक्‍छु। हे परमप्रभु! मेरा यति धेरै शत्रुहरू छन्। मलाई तपाईंको इच्‍छाअनुसार चल्‍न अगुवाइ गर्नुहोस्। म हिँड्‍नलाई तपाईंको बाटो सोझो पार्नुहोस्।

भजनसंग्रह 5 पढ्नुहोस्