भजनसंग्रह 37:34-40

भजनसंग्रह 37:34-40 NCV

याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्‍टको विनाश तिम्रै आँखाले देख्नेछौ। मैले एक जना दुष्‍ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु, तर त्यो चाँडै मर्‍यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ। निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्। तर सबै पापीहरू नष्‍ट हुनेछन्; दुष्‍टहरूका निम्ति कुनै सन्तति हुनेछैन। धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्‍टको समयमा उहाँ नै तिनीहरूको किल्‍ला हुनुहुन्छ। याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्‍टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।

भजनसंग्रह 37 पढ्नुहोस्